पोखरामा विभिन्न बैंकका कर्मचारीसहित ११ जनामा कोरोना पुष्टि

पोखरा । कास्कीको पोखरा महानगरपालिकाका विभिन्न वडामा ११ जना कोरोना संक्रमित थपिएका छन्। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा विभिन्न वडाका २ महिला र ९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

थपिएकामध्ये पोखरा महानगरपालिका २ का संक्रमित व्यक्ति कामना विकास बैंक, दीप शाखामा र पोखरा महानगरपालिका( ३ का संक्रमित व्यक्ति एभरेस्ट बैंक, अमरसिंह चोक शाखामा कार्यरत रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्यस्तै पोखरा महानगरपालिका( १४ का ३५ वर्षीय संक्रमित व्यक्ति ईन्जिनियरिंग कन्सल्टेन्सीमा कार्यरत रहेको र पोखरा महानगरपालिका( १ का संक्रमित व्यक्ति मोबाइल पसलका सञ्चालक रहेको निर्देशनालयले जनाएको छ।

त्यसैगरी पोखरा महानगरपालिका( ५ का संक्रमित व्यक्ति पोखरा औधोगिक क्षेत्रमा कार्यरत छन्। अन्य सबै व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको र सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशनालयको भनाइ छ । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०३६ पुगेको छ।