जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

काठमाडौं । धादिङको निलकण्ठ नगरपालिका-३ बसपार्क नजिक बस्ने डङक बहादुर ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा ढकाल समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ढकालको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ६ सय ७० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।