संसद् अपराधलाई पखाल्ने गंगाजल होइन : सुमना श्रेष्ठ

काठमाडौं । प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले संसद् अपराधलाई पखाल्ने गंगाजल नभएको बताएकी छन् । प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ माथि छलफमा भाग लिँदै सांसद् श्रेष्ठले संसद् अपराधलाई पखाल्ने गंगाजल नभएको बताएकी हुन् ।

राजनीतिको नाममा कसलाई बचाउन ल्याएको ऐन हो यो । इँटाभट्टामा जिउँदै मान्छे पोल्नेहरूका लागि यो विधेयक ल्याएको हो ? भाला रोपेर मान्छे मार्नेहरुलाई बचाउन ल्याएको हो यो विधेयक ? जनतामाथि दमन गर्ने गरी विधेयक ल्याइयो । जस्तो सुकै अपराधलाई पनि राजनीतिको नाम दिएर कुकर्म र अपराधलाई प्रश्रय र संरक्षण गर्न पाइदैन,’उनले भनिन्,’अपराधलाई पखाल्ने गंगाजल यो सदन होइन ।’

यो विधेयक शक्ति पृथकिकरणको सिद्धान्त विपरित रहेको उनको भनाइ छ। श्रेष्ठले भनिन्, ‘संविधान विपरितको यो विधेयक कसरी कानुन मन्त्रालयको टेबलबाट पास भयो रु म जान्न चाहन्छु । सर्वोच्च अदालतबाट प्रतिपादित नजिर विपरित यो विधेयक छ । नजिरमा सरकारको उद्देश्य दण्डहिनतालाई प्रोत्साहन दिनु पनि होइन भनिएको छ । गम्भीर प्रकृतिका मानवीय कानुन उल्लघंन भएका मुद्दाहरुमा समेत विषयवस्तुको गम्भिरता नहेरी सरकारले फिर्ता लिदै जाने र अदालतले पनि औचित्यतर्फ नहेर्ने हो भने जनताको जिउ धनको संरक्षण गर्ने सरकारको उत्तरदायित्व तथा जबाफदेहितापनको अभाव हुन गइ कानुनी राज्यको अस्तित्वमै प्रश्न उठ्छ ।’