रौतहट घटनाका दोषीलाई कारवाही माग

काठमाडौँ । रौतहट जिल्ला, गरुडा नगरपालिका वडा नं ८ निवासी २० वर्षीय विजय राम चमारको हत्याका दोषीलाई कारवाही गर्नुपर्ने माग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल दलित मुक्ति सङ्गठनले आज प्रेस विज्ञप्ति जारी गरी निरञ्जन रामको हत्या घटनालाई लिएर प्रहरीले अनुसन्धानका लागि भनी अपराध कबुल गराउन मरणासन्न हुनेगरी कुटपिट गर्दा विजयको मृत्यु भएको जनाउँदै दोषीलाई हदैसम्मको कारवाही गर्न माग गरेको छ ।

‘प्रहरी हिरासतमा भएको अमानवीय घटना स्वयं प्रहरीको चरम यातनाबाट भएको भन्ने बुझिएको हुनाले उक्त घटनाको घोर भत्र्सना गर्दै दोषीलाई कडाभन्दा कारवाहीको लागि जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । सो सङ्गठनले राजनीतिक तथा सामाजिक रुपान्तरणसँग सम्बन्धित त्यस्ता घटनाको समाधान गर्न तथा आगामी दिनमा दोहो¥याउन नदिनका लागि राजनीतिक दल, विभिन्न सङ्घसङ्गठन र मानवाधिकार तथा सामाजिक न्यायका क्षेत्रमा कार्यरत सबैलाई आग्रहसमेत गरेको छ ।