आज सुनको मूल्य स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ कायम थियो ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम छ। यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला १४ सय ८० रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोवार भइरहेको छ।