कांग्रेस पदाधिकारी बैठक बस्दै

फाईल तस्बिर

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज (सोमबार) बस्दैछ।

बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु हुनेछ। मंगलबार दिउँसो २ बजेदेखि कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। उक्त बैठकका लागि एजेन्डा तयर गर्न आज पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाइएको हो।

झण्डै एक वर्षपछि मंगलबार कांग्रेसको केन्द्रीय समिति बैठक बस्न लागेको हो। यसअघि गत असार २७ गते बैठक डाकिएकोमा सोही दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्नीशोक परेपछि स्थगित भएको थियो।

भोलिको बैठकमा पार्टी सङ्गठनका विविध विषयमा छलफल हुनेछ।