९ खर्ब ५७ अर्ब मात्रै राजश्व संकलन

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा ९ खर्ब ५७ अर्ब राजश्व संकलन भएको छ । १४ खर्ब राजश्व संकलन गर्ने लक्ष्य लिएको सरकारले ४ खर्ब ४३ अर्ब कम राजश्व संकलन गरेको हो ।

गत आर्थिक वर्ष सरकारले १० खर्ब ६७ अर्ब राजश्व संकलन गरेको थियो । तर यो वर्ष निक्कै कम मात्रै राजश्व उठेको हो । गत वर्षको तुलनामा १ खर्ब १० अर्ब कम राजश्व उठेको छ । यो ५० वर्षको इतिहासमा पहिलोपटक अघिल्लो आर्थिक वर्षको तुलनामा कम राजश्व उठेको हो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क नुसार सरकारले असार ३१ गतेसम्म सबैभन्दा धेरै कर राजश्व ८ खर्ब ६५ अर्ब संकलन गरेको छ । यस्तै गैरकर राजश्व ९१ अर्ब संकलन गरेको छ । अनुदानतर्फ सरकारले २१ अर्ब २९ करोड प्राप्त गरेको छ ।

सरकारले १४ खर्ब २९ अर्ब खर्चिएको छ । असार ३१ गतेसम्म सरकारको आम्दानीको तुलनामा खर्च ४ खर्ब ४३ अर्बले बढी हो । चालू खर्चतर्फ सरकारले १० खर्ब ५ अर्ब खर्चिएको छ । यो कूल राजश्व संकलन भन्दा ४८ अर्बले बढी हो ।

विकास खर्चतर्फ सरकारले २ खर्ब ३३ अर्ब खर्चिएको छ । वित्तीय व्यवस्थातर्फ १ खर्ब ९० अर्ब खर्चिएको छ ।