बालुवाटारमा सीता दाहालको श्रद्धाञ्जली सभा, क-कस्को भयो उपस्थिति ?

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको श्रद्धाञ्जली सभा चलिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना लगायत सहभागी छन् ।

यस्तै कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी छन् ।

राजनीतिक दलका नेता, मन्त्री, सांसद र सरकारी अधिकारीहरू श्रद्धाञ्जली सभामा उपस्थित छन् ।

प्रचण्ड पत्नी सीताको असार २७ गते निधन भएको थियो । सातौं दिनको दिन श्रद्धाञ्जली कार्यक्रम राखिएको हो ।