कांग्रेस केन्द्रीय समितिको बैठक : ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’अभियान चलाउने

काठमाडौँ । सत्तारुढ दल कांग्रेसले सदस्यता विस्तारका लागि अभियान चलाउने भएको छ । कांग्रेसले नयाँ सदस्य थप्ने उद्देश्यले ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’  अभियान चलाउने भएको हो ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगन थापाले २० साउन २०८० देखि ३१ असार २०८१ सम्म पार्टी सदस्यता विस्ता अभियान चलाउने प्रस्ताव राखेका हुन् । महामन्त्री थापाले कम्तीमा ५ लाखदेखि ७ लाख नयाँ सदस्य थप्नेगरी अभियान चलाइने बताए ।

१४औं महाधिवेशनसम्म कांग्रेसमा क्रियाशील सदस्यको संख्या ८ लाख ६६ हजार रहेको थियो । महामन्त्री थापाले मंगलबार १ वर्षका लागि कांग्रेसको कार्ययोजनासमेत प्रस्तुत गरेका छन् ।