लागूऔषध कारोबारमा पक्राउ परेका पाँच हजारविरुद्ध मुद्दा दर्ता

काठमाडौं । नेपाल प्रहरीले लागूऔषध मुद्दामा पाँच हजार बढीलाई पक्राउ गरी कारबाही गरेको छ। प्रहरीले आज सार्वजनिक गरेको विवरण अनुसार गएको वर्षमा पाँच हजार ६११ जनालाई पक्राउ गरी उनीहरु विरुद्ध ३ हजार ७१२ वटा मुद्दा दर्ता गरेको हो।

उनीहरुबाट गाँजा १८ हजार २२ किलो, चरेश ५२८ किलो, हेरोइन १४ किलो ३५० ग्राम, कोकिन १४ किलो ५६७ ग्राम र अफिम ३४ किलो २५८ बरामद गरिएको लागूऔषध नियन्त्रण व्यूरोका प्रवक्ता चक्रराज जोशीले बताए।

उनका अनुसार प्रहरीले ६२ हजार २७९ एम्पुल ब्रुफेनर्फिन, ६७ हजार ४३४ एम्पुल डाइजेपाम, ३४ हजार ८२९ एम्पुल फेनारगन, एक लाख ५ हजार ४१४ ट्याबलेट नाइट्राभेट, १० हजार ७९७ ट्रामाडोल पनि बरामद गरेको छ।

यस्तै ८ हजार ९५१ बोतल कोरेक्स तथा डाइलेक्स एबं ५०१ किलो खात पनि बरामद गरिएको छ।