काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ का लागि सम्पति सम्बन्धी कर कार्यान्वयनमा ल्याएको छ ।
मंगलबार ९साउन २० सबै वडाहरुलाई परिपत्र गर्दै सम्पत्ति सम्बन्धी कार कार्यान्वयनमा आएको महानगरले जनाएको छ । महानगरले सम्पति करको नयाँ व्यवस्था साउन १ गतेदेखि लागू गरेपनि आज भने सबै वडालाई सो विषयको परिपत्र गरेको हो ।
अब विदेशीले हनुमानढोका परिसरमा फिल्म सुटिङ गर्दा प्रतिदिन ५५ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । त्यस्तै, छोटो चलचित्र, डकुमेन्ट्रीको भिडियो खिच्न प्रतिदिन २५ हजार रुपैयाँ तोकिएके छ भने विज्ञापन भिडियो छायांकन गर्न ६० हजार रुपैयाँ तोकिएको छ ।
तर स्वदेशीको हकमा भने ठूला पर्दाको चलचित्रका लागि प्रतिदिन २० हजार रुपैयाँ, छोटो चलचित्र र म्युजिक भिडियोका लागि १० हजार रुपैयाँ लाग्नेछ । हनुमानढोका दरबार परिसर छिर्न पर्यटकले १ हजार रुपैयाँ तिर्नुपर्नेछ ।
त्यस्तै, बालाजु, बाइसधारा पार्क, शंकपार्क, शाख्वधर पार्क छिर्न ३० रुपैयाँ लाग्नेछ भने पर्यटकले एकसय रुपैयाँ तिर्नुपर्नेछ । पिकनिकका लागि ठाउँअनुसार १ हजार ५ सय रुपैयाँ देखि ५ हजार रुपैयाँ सम्म निर्धारण गरिएको छ ।
यस्ताे छ शुल्ककाे विवरण:
Add Comment