रास्वपा लाई रगत उम्लिने गरि मजाले गाली गर्नुस् : रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले राजनीतिको मूलधारमा आएमा हिंसात्मक गतिविधि माफी हुने र जुनसुकै तहको अदालतमा विचाराधीन भए पनि मुद्दा फिर्ता हुने प्रावधान कुन–कुन दललाई स्वीकार हुने हो स्पष्ट पार्नुपर्ने बताएका छन्।

बुधबार बिहान सामाजिक सञ्जालमा लेखेर लामिछानेले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, को सन्दर्भमा ८० को दफा ६४ बुँदामा आपत्ति जनाउँदै यसमा विषयान्तर गर्न खोजेको बताएका छन् ।

यो विधेयकविरुद्ध आफूहरू सदनमा उभिएको तर त्यसदिन सदन पुरै रोकेको भए मिटर ब्याजसम्बन्धी विधेयक रोकिएको आरोप खेप्नुपर्ने उनको भनाइ छ। विधेयकमाथि छलफल त बाँकी रहँदा त्यो दिन यो दफा हटाएर मात्र टेबुल होस् भन्ने चाहेको उनले बताएका छन्।

आफूहरूप्रति मिडिया र सामाजिक सञ्जाल गरेको भन्दै उनले आपत्ति जनाएका छन्। ‘रगत उम्लिनेगरी रास्वपा र हाम्रा नेतालाई गाली गर्नुहुने देशभक्त साथीहरू तथा विज्ञप्ति, मिडिया इन्टरभ्यू र आर्टिकल ठेलिरहनु भएका विज्ञज्यूहरूस छातीमा हात राखेर भन्नुहोस्, यति बेला बहस के मा हुनु पर्थ्योरु’, उनले लेखेका छन्, ‘गम्भीर विषयबाट तपाईँको ध्यान किन मोड्न खोजिँदैछ। काग लखेट्नु अघि एक पटक कान त छाम्नुस्।’

उनले आफूहरू संसदीय अभ्यासमा नयाँ रहेकाले प्रक्रियामा कमजोरी देखिनु स्वाभाविक रहेको बताएका छन्।

हेर्नुहोस् उनको फेसबुक स्टाटस–

रास्वपाले संसद किन घेराउ गर्योरु होला संसदीय अभ्यासमा नयाँ छौ, प्रक्रियामा कमजोरी देखिएलान् । तर केही नेपाल ऐन लाई संशोधन गर्न बनेको विधेयक, ८० को दफा ६४ ले के भन्दैछ, पठ्नुस् त११ यस्तो गंभिर विषयलाई विषयान्तर गर्न खोजेर अरु नै विवाद तिर जवर्जस्ती मोड्न खोजेको कयौंले बुझ्नै भ्याउनु भएको छैन कयौंले जाना जान बुझ पचाउनु भएको छ। हामीले के बोल्यौं त्यो अझै सुरक्षित छ।त्यसमा बहस अझै गरौला तर यो संशोधनलाई ध्यान दिएर हेर्नुस् त। राजनीतिको मुलधारमा आएमा हिंसात्मक गतिविधि माफी हुने र जुन सुकै तहको अदालतमा बिचाराधिन भए पनि मुद्दा फिर्ता हुने प्रावधान कुन कुन दल र त्यस दलका नेता कार्यकर्ताहरुलाई स्विकार्य हुने होरु स्पष्ट हुनु पर्छ कि पर्दैनरु रगत उम्लिने गरि रास्वपा र हाम्रा नेतालाई गाली गर्नु हुने देश भक्त साथीहरु तथा विज्ञप्ति, मिडिया इन्टरव्यु र आर्टिकलहरु ठेलिरहनु भएका विज्ञज्युहरु, छातिमा हात राखेर भन्नुहोस्, यति बेला वहस के मा हुनु पर्थ्योरु गम्भीर विषयबाट तपाईंको ध्यान किन मोड्न खोजिदैछ। काग लखेट्नु अघि एक पटक कान त छाम्नुस्१११ यो विधेयक विरुद्ध हामी सदनमा उभियौ तर त्यसदिन सदन पुरै रोकेको भए हामीलाई आरोप लाग्थ्यो कि हाम्रा कारण मिटर ब्याज सम्बन्धि विधेयक रोकियो, जुन सोही दिनको कार्यसुचीमा थियो। विधेयक माथी छलफल त बाँकी छ थाहा छ तर हामी यो दफा हटाएर मात्र टेबुल होस् भन्ने चाहन्थ्यौं। समाचारहरु त बने रास्वपा झुक्कियो, झुक्क्कियौ होला। तर भन्नुस्,नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० मा दफा ६४ घुसाएर कसले कस्लाई के का लागि झुक्याउने खेल हुदैछ। खोइ यथेष्ट समाचार, खोइ बहस, खोइ बिज्ञप्ति, खोइ अन्तरवार्तारुरु यी तमाम प्रश्नको उत्तर पाए पछि रास्वपा लाई मजाले गाली गर्नु होला, रगत उम्लिने गरि। हैट।।