महानगरपालिकाको डोजर, भद्रकुमारी घले सेवा सदनमा

काठमाडौं । काठमाडौंको अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन खाली गराउन काठमाडौं महानगरपालिकाको नगर प्रहरी पुगेको छ ।

सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन लागेको हो । नगरप्रहरीले केही बेरमा डोजर चलाउने तयारी गरेको छ ।

नगरप्रहरीले तीन दिन अघि उक्त भवन खाली गर्न भनेको थियो । तीनभित्र पनि उक्त भवन खाली नगराएपछि नगरप्रहरीले डोजर चलाउन लागेको हो ।

सदनमा ठूलो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ। उक्त भवनमा वृद्धाश्रम सञ्चालन गरिराखेको थियो । त्यहाँ असहाय अशक्त वृद्धवृद्धाहरुलाई आश्रय दिइरहेको थियो ।