काँग्रेस महामन्त्रीद्वयलाई ढुंगानाको प्रश्न : सभापतिलाई खुइल्याएर मात्र अघि बढ्दा भोलि पार्टी कहाँ पुग्छ ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगानाले पार्टी रुपान्तरणको विषयमा कांग्रेसभित्र भ्रम रहेको बताएका छन् ।

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य ढुंगानाले पार्टी भित्र रुपान्तरण जरुरी रहेको बताएका हुन् । उनले अब परम्परागत ढंगले कांग्रेस नचल्ने प्रष्ट पार्दै धेरै कुरा सुधार्न जरुरी रहेको बताए । तर सभापतिलाई गाली गर्दैमा पार्टी रुपान्तरित हुन्छ भन्ने भ्रम नराख्न पनि ढुंगानाको आग्रह थियो ।

उनले भने, ‘अहिले हामी खुईलाउने प्रतिस्पर्धामा छौं । सभापतिलाई खुइल्याउन पाए सबै भन्दा ठूलो कांग्रेस हुन पाईन्छ भनेर लागेका छन्, कोही पदाधिकारीलाई खुइल्याउन र कोही महामन्त्रीलाई खुइल्याउन लागि परेका छौं । ए महामन्त्रीहरु तिमीहरु अर्काको आलोचना गरेर मात्र स्थापित हुने भनेर खुईल्याउन लाग्या छौ । यो खुईल्याउने प्रतिष्पर्धा चल्दै गर्दा भोलि पार्टी कहाँ पुग्छ रु’

जनताले कांग्रेसले के निर्णय ग(र्यो मात्र हैन कांग्रेसले जनताको लागि के निर्णय गर्छ त्यो हेरिरहेका छन् भन्दै केन्द्रीय सदस्य ढुंगानाले भने( ‘बरु जनताले भोगिरहेका समस्या,देशका आर्थिक मन्दीको सामना गरिरहेको वेला कसरी पार पाउने भन्ने विषय उठाऔं, जनताको पक्षमा निर्णय गरेको दिन कांग्रेस ठूलो पार्टी बन्छ ।’