चट्याङ लागेर वडासदस्यको मृत्यु

काठमाडौं । चट्याङ लागेर रोल्पामा वडासदस्यको मृत्यु भएको छ।

सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गएराति आफ्नो कान्छा भाईको घरमा सुतिरहेको बेला परेको चट्याङ लागेर दिलबहादुरको मृत्यु भएको रोल्पा प्रहरी प्रवक्ता प्रकाश भुसालले जानकारी दिए।

गएरातिको चट्याङमा परी अन्य ठाउँका केही व्यक्ति पनि घाइते भएको प्रहरीले जानकारी दिएको छ।