बैंकको ऋण नतिर्नेहरूका लागि कडाइ गर्दै राष्ट्र बैंक, बैङ्किङ कसुर ऐन संशोधन हुने

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंकको ऋण लिएर नतिर्नेहरूका लागि कडाइ गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैङ्किङ कसुर ऐन, २०६४ संशोधन गर्ने बताएको छ ।

नियमन तथा सुपरिवेक्षण अन्तगत वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्‍याउने गैर–व्यावसायिक तथा उच्छृङ्खल गतिविधिलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने गरी विद्यमान बैङ्किङ कसुर ऐन, २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने बताएको छ ।

केही व्यक्तिहरूले बैंक तथा वित्तीय क्षेत्रबाट ऋण लिएर आर्थिक मन्दीको कारण तिर्न सक्ने भन्दै आइरहेका छन् ।