महिला विश्वकप : इटाली सँग अर्जेन्टिना पराजित

काठमाडौं । महिला विश्वकपमा इटाली सँग अर्जेन्टिना पराजित भएको छ ।

इटालीले अर्जेन्टिनालाई १–० ले पछि पार्दै विजयी भएको हो । सोमबार समूह ‘जी’ अन्तर्गत भएको खेलमा इटालीको जितमा क्रिस्टियाना गिरेलीले निर्णायक गोल गरिन् ।

उनले खेलको ८७ औं मिनेटमा गोल गरेकी थिइन् । इडेन पार्कमा वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेकी गिरेलीले इटालीका लागि विजयी गोल गर्न सफल भइन् ।

समूह ‘जी’ को खेलमा इटाली र स्विडेनले समूह चरणको पहिलो खेलमा जित दर्ता गरेका छन् ।

दुवैले समान तीनरतीन अंक जोडेका छन् । दक्षिण अफ्रिका र अर्जेन्टिना भने अंकविहीन छन् ।