कांग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक मङ्गलबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्नेछ ।

कांग्रेसको केन्द्रीय समिति बैठक एक हप्तायता जारी छ । भोलि अर्थात बुधबार विभिन्न निर्णय गर्दै बैठक सकिँदैछ । सकिँदैगर्दा बैठकले के-के निर्णय गर्ने भन्ने सन्दर्भमा थप निर्क्यौल गर्न बैठक बोलाइएको महामन्त्री गगन थापाले बताए ।

भोलि बैठकलाई सभापति देउवाले सम्बोधन गरेपछि सकिनेछ ।