काठमाडौं । सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अनुसन्धान अधिकृत मृत भेटिएका छन्।
अनुसन्धान अधिकृतका रूपमा सर्लाहीमा कार्यरत २९ वर्षीय बसन्त शाह आज बिहान ५:४५ बजे इश्वरपुर नगरपालिका-९ खोरिया टोलमा मृत फेला परेका सर्लाहीका डिएसपी जितेन पञ्जियार थारूले जानकारी दिए।
गएराति ड्युटी सकेर इश्वरपुर नगरपालिका-६ बयलबासस्थित आफ्नो घर आउँदै गर्दा मोटरसाइकल दुर्घटनामा परी उनको मृत्यु भएको हो।
उनी सवार बागमती प्रदेश-०२-०१६ प ००७१ नम्बरको मोटरसाइकल सोही स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको डिएसपी थारूले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी प्रकृया पूरा गरी मृतकको शव पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको डिएसपी थारूले जानकारी दिए।
Add Comment