प्रतिनिधिसभा बैठकमा एमालेको विरोध

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल एमालेले उठेर विरोध जनाएको छ ।

एमाले सांसद उठेपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका छन् । प्रमुख सचेतक गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट हुने सेवालाई लिएर विरोध जनाइरहेका छन् ।

१०० किलो सुन बरामद भएको विषयलाई लिएर संसद् अवरुद्ध गर्ने आफ्नो पार्टीको निर्णयअनुसार एमाले सांसदले विरोध जनाएका हुन् ।ख