बरामद गरिएको ६० कार्टुन ‘ब्रेक शुु’ परिक्षण गर्दा भेटिएन सुन

काठमाडौं। राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको ब्रेक शु मा सनु नभएको पाइएको छ। रेडी ट्रेड प्रालीले ल्याएको ब्रेक शु बुधबार बेलुकी बरामद गरी विमाग लगेर परिक्षण गर्दा सुन नेगेटिभ देखिएको हो।

विभागले बुधबार बेलुकी सोह्रखुट्टेमा एक गोदामबाट सुन रहेको आशंकामा ब्रेक सु बरामद गरेको थियो। ६० कार्टुन भन्दा बढी ब्रेक शुमा सुन नभेटिएको अनुसन्धानमा सहभागी एक कर्मचारीले बताएका छन्।

रेडी ट्रेड प्रालीले २ महिनामा करिब १८ सय ४५ किलो समान आयत गरेको थियो। जसमा १ हजार २० वटा मोटरसाइकलको ब्रेक सु रहेको छ। यस्तै २७ सय वटा भन्दा बढी दाह्री काट्ने मेसिन रहेको छ। दाह्रि काट्ने मेसिनमा पनि सुन नभएको विभागले जनाएको छ। विभागले त्रिवि विमानस्थल भन्सार कार्यालयबाट १३ कार्टुन दाह्री काट्ने मेसिन परिक्षण गर्न लगेको थियो।

१ सय ६० वटा ब्रेक शुमा सुन रहेको विभागको दाबी छ। विभागले सुन पगालेर जोख्नका लागि राष्ट्र बैंकलाई जिम्मा दिएको छ। तर एक हप्ता बितिसक्दा पनि बैंकले सुन जोखेर सकेको छैन।