सर्वोच्चको आदेश पालनासँगै पुनः बहुमत पुर्‍याएर सरकार गठनको दाबी गर्छौं : कोशी कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले अदालतले गरेको फैसलालाई स्वीकार गरेर जाने बताए ।

उनले दलका तर्फबाट कुनै प्रतिक्रिया नभएको भन्दै सर्वोच्चले दिएको आदेशको पालना गर्ने बताए । उनले अदालतले संविधानको धारा १६८ (२) अन्तर्गत नै सरकार गठनका लागि पुन सात दिनको म्याद दिएकाले बहुमत पुर्‍याएर सरकार गठनका लागि जाने बताएका छन् ।

अदालतले ७ दिनका लागि समय दिएको छ । समयावधि भित्रै हामी बहुमतको दाबी लिएर प्रदेश प्रमुख समक्ष जाने छौ । उनले अव कसरी अगाडि बढ्ने भन्ने विषयमा भने पार्टी भित्र छलफल भइन नसकेकोको बताए ।

सभामुखले राजीनामा दिएर आउनु हुन्छ कि नदिई दलको सदस्यको रूपमा सरकार गठनमा सहभागी हुनुहुन्छ भन्ने विषयमा छलफल चलाइने बताए ।