कोरोनाबाट पूर्वन्यायाधीश चालिसेको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट एक पूर्वन्यायाधीशको मृत्यु भएको छ। पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

मुटु रोगी रहेका चालिसे ५ दिनदेखि गंगालालमा उपचाररत थिए। काठमाडौं निवासी चालिसे तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट अवकाश भएका हुन्।

पछिल्लो १२ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ । चितवनमा ४, वीरगन्जमा ३, धरानमा एक र काठमाडौंमा एक जनाको मृत्यु भएको हो ।