राष्ट्रपति पौडेलद्धारा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

बिहीबार राष्ट्रिय सभाबाट पारित भएपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार उक्त विधेयक प्रमाणीकरण गरेका हुन्।

विधेयकमार्फत सरकारले मिटरब्याजीलाई कारबाही गर्नेलगायत मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि विभिन्न कुराहरू समावेशनगरेको छ।

अब राजपत्रममा प्रकाशित भएपछि उक्त विधेयक कानुनका रूपमा कार्यान्वयन हुनेछ।