विश्वकप छनोट तयारीमा रहेको नेपालको प्रारम्भिक टोलीमा तीन खेलाडी थप

काठमाडौं । विश्वकप फुटबल छनोटको तयारीमा रहेको नेपालले प्रारम्भिक टोलीमा तीन जना खेलाडी थपेको छ ।

फ्रेन्ड्स क्लबका मिडफिल्डरद्वय सन्तोष खत्री र कुशल फुयाल तथा जावलाखेलका स्ट्राइकर हिसब थपलियालाई समावेश गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

योसँगै प्रारम्भिक टोलीमा खेलाडी संख्या ३३ पुगेको छ । नेपालले अक्टोबरमा लाओससँग पहिलो चरणको प्रतिस्पर्धा गर्दैछ ।