आज बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

शुक्रवार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार बढेर १ लाख १२ हजार ९ सय रुपैयाँ पुगेको हो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ३५० रुपैयाँ पुगेको छ । यसअघि यो सुनको मूल्य १ लाख १२ हजार ५० रुपैयाँ थियो ।

यता, चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि चाँदीको भाउ १ हजार ४५० रुपैयाँ थियो ।