निर्माण व्यवसायीद्धारा प्रदर्शन

काठमाडौं । निर्माण व्यवसायीहरुले ठेक्काको म्याद थप लगायतका माग राख्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले आज बिहान काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघको ब्यानरमा भएको प्रदर्शनमा सहभागीहरुले निर्माण कार्यको बाँकी रकमको भुक्तानी, म्याद थप, मूल्य समायोजन, उपभोक्ता समिति खारेज लगायतका नौ बुँदे माग राखेका छन् ।

आन्दोलित निर्माण व्यवसायीहरूले आइतबार देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका थिए ।