जनमत पार्टीका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं । मधेश प्रदेशमा जनमत पार्टीका बिना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले राजीनामा दिएका छन्।

पार्टीको निर्देशन अनुसार उनीहरू दुबै जनाले सोमबार राजीनामा दिएका हुन्।

गत जेठ ९ गते मुख्यमन्त्री सरोज कुमार यादवले कुशवाहा र यादवले सम्हालेका भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय खोसेका थिए। उनीहरू दुबै जनाको ठाउँमा जनमत पार्टीले मन्त्रीमा प्रदेश सरकारका प्रमुख सचेतक चन्दन सिंहलाई र राज्यमन्त्रीमा मञ्जु खंगलाई पठाउने तयारी गरेको छ।

श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी उनीहरूलाई दिन लागिएको जनमत पार्टीका एक नेताले जानकारी दिए।

ती नेताका अनुसार आजै दुबै जनालाई मन्त्री नियुक्त गर्ने तयारी छ।