सुनजस्तो देखिने धातुसहित विमानस्थलबाट एक जना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ८१ ग्राम तौल भएको सुनजस्तो देखिने धातुको ब्रासलेटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडी पाटन नगरपालिका ६ घर भएका ३४ वर्षीय दिपक भण्डारी रहेको प्रहरीले जनाएको छ ।

कतार एयरवेयजको उडानबाट काठमाडौं आएका भण्डारीलाई जाँच गर्ने क्रममा उक्त धातुको ब्रासलेट अवैध रूपमा लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।