कोरोना : आज थप १ सय ६९ जना संक्रमित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३४४ महिला र ७२५ पुरुष छन्। योसहित नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

योसहितम नेपालमा अहिलेसम्म ७ लाख ५ हजार ५६० जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा ७ हजार ३९० जना बसिरहेका छन्।

पछिल्लो २४ घण्टामा नेपालमा ७६८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। योसहित डिस्चार्ज हुनेको कुल संख्या २२ हजार १७८ पुगेको छ। नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ५५ प्रतिशत छ।