वित्तिय संस्थालाई सुशासनको कुरा गर्ने राष्ट्र बैकभित्रै कुशासन

काठमाडौं । देशको केन्द्रिय बैंक नेपाल राष्ट्र वैकभित्र कुशासन मौलाउँदै गएको छ । पद र शक्तिको आडमा नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारी कै संलग्नतामा कुशासन मौलाउँदै गएको हो । मुलुकभर सञ्चालनमा रहेका वित्तिय संस्थाहरुलाई सुशासन र आर्थिक अनुशासनको कुरा सिकाउँदै हिड्ने नेपाल राष्ट्र बैक सिमित उच्च कर्मचारीहरुका लागि लुटको अखडा बनेको छ ।

अहिले राष्ट्र बैकमा सवारी साधनको दुरुपयोगले निकै नै चर्चा पाएको छ । केही दिन अगाडि मात्र नेपाल राष्ट्रमा कार्यरत कर्मचारीहरुको आधिकारिक संस्था नेपाल वित्तिय संस्था कर्मचारी संघले विज्ञप्ति नै जारी गरी राष्ट्र बैकका उच्च कर्मचारीहरुले गरेको आर्थिक अनुशासन विपरितका कार्यको भत्र्सना समेत गरेको थियो ।

सो संस्थाले नेपाल राष्ट्र वैकको सञ्चालक समितिबाट नै निर्णय गराएर सम्पत्ति तथा सेवा व्यवस्थापन विभागबाट विलासी सवारी साधनहरुको दुरुपयोग गरेको भन्दै निन्दा समेत गरेको छ । नेपाल राष्ट्र बैकको सुपरिवेक्षण विभागमा कार्यरत निर्देशक रोशन कुमार सिग्देल लगायतका निर्देशकहरुले नियम विपरित सवारी दुरुपयोग गरेको समेत संस्थाको आरोप छ ।

नेपाल राष्ट्र बैकको सुपरिवेक्षण विभाागका रोशन कुमार सिग्देल गर्भनर महाप्रसाद अधिकारी निकट व्यक्ति भएकै कारण उनले कर्मचारी नियमावलीलाई लत्याउँदै शक्तिको दुरुपयोग गरेको समेत संस्थाले विज्ञप्ति मार्फत जनाएको छ ।