सुन तोलामा १२ सयले घट्यो

काठमाडौँ । मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार २०० कायम भएको छ।

मंगलबार ९८ हजार ४०० मा कारोबार भएको थियो।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९६ हजार ७०० मा कारोबार भइरहेको छ। मंगलबार तोलाको ९७ हजार ९०० थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलाको एक हजार ३९५ थियो भने आज एक हजार ३६५ कायम भएको छ।