माओवादीका कार्यकर्ता साढे सात लाख भएको प्रचण्डको दाबी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले देश र विदेशमा आफ्ना साढे सात लाख कार्यकर्ता रहेको दाबी गरेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबारदेखि सुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा ७ लाख ५२ हजार ९५६ जना माओवादी कार्यकर्ता रहेको उल्लेख गरिएको छ।

जसअनुसार सबैभन्दा धेरै माओवादी कार्यकर्ता बागमती प्रदेशमा छन्। बागमतीमा १ लाख ४७ हजार ५५३, मधेशमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, कर्णालीमा ८५ हजार ७७४, सुदूरपश्चिममा ८० हजार ४८२, सम्पर्क समितिहरूमा १९ हजार ३१२, उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना कार्यकर्ता छन्।

प्रचण्डले सबै जातीय मोर्चाले आफ्नो समुदायको जनसंख्या कम्तीमा १० प्रतिशतलाई संगठित गर्नुपर्ने प्रस्ताव गरेका छन्।