आज सेयर बजारमा सामान्य सुधार

काठमाडौँ । सेयर बजारमा बुधबार सुधार देखिएको छ । यस दिन नेप्से सूचक ९.२५ अंकले बढेर २०८६.८४ विन्दुमा आएको छ । १ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

मौद्रिक नीति आउनुअघि राम्रैसँग बढेको बजार त्यसयता भने निरन्तरजसो घटिरहेको थियो । यसअघि सोमबार बजार केही सम्हालिए पनि मंगलबार पुनः घटेको थियो । तर बुधबार फेरि सकारात्मक देखिएको छ । बजार निरन्तर घट्दा सेयर भाउ सस्तो भइसकेको छ ।