रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, दुई तिहाई सदस्य मनोनय गर्न वाँकी

काठमाडौं । रराष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । १ सय २१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था रहेको सो पार्टीमा अहिलेसम्म ३९ जना केन्द्रीय सदस्यमात्र मनोनीत भएका छन् । पार्टीको विधान अनुसार करीव दुई तिहाई सदस्य नभएकै अवस्थामा एक तिहाई सदस्यले पाटी हाँकिरहेको छ । आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरि बैठक बोलाइएको हो ।

बैठकमा पार्टीको राजनीतिक दस्तावेज, पहिलो महाधिवेशन, केन्द्रीय सदस्य थप लागतयतका विषयमाथि छलफल हुनेछ । पार्टीको राजनीतिक दस्तावेजलाई अन्तिम रूप दिने र आगामी मंसिरदेखि तल्ला कमिटीको अधिवेशन थाल्ने रास्वपाको तयारी छ ।