कर्माचार्यले गरे १ सय ७५ औं पटक रक्तदान

काटमाठौं । भर्खरै मात्र रक्तदाता सम्राटबाट विभुषित भएका नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यले १ सय ७५ औ पटक रक्तदान गरेका छन । काठमाडौंको बागबजार निवासी कर्माचार्यले बर्दियाको भुरीगाउँ पुगेर १ सय ७५ औं पटकको रक्तदान गरेका हुन् ।

ठाकुरबाबा नगरपालिका र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखाको आयोजनामा आयोजित वौं बृहत् एवं बर्दिया जिल्ला स्तरीय प्रथम महिला विशेष रक्तदान कार्यक्रममा उनले रक्तदान गरेका हुन् ।

यतिधेरै पटक रक्तदान गर्ने रक्तदाता कर्माचार्यलाई ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले कदर पत्र सहित सम्मान गरेका छन् । कार्यक्रममा २ सय ७ जनाले रक्तादान गरेका थिए