पेस्तोलसहित ५ जना पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मोरङले सेमी अटोमेटिक पेस्तोलसहित विराटनगरबाट पाँच जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–४ कंचनबारीबाट १ थान सेमी अटोमेटिक पेस्तोल, सोको १ थान म्यागजिन र ३ राउण्ड गोली सहित कटहरी गाउँपालिका–२ बस्ने २७ वर्षीय अभिषेक रायसहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

केही व्यक्तिहरुले व्यापारीहरुलाई धाकधम्की दिई रकम माग्ने तथा चोरी गर्ने कार्यमा संग्लन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले को ३२ प ७५२५ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ।