आरजुको प्रतिष्ठामा आँच आउने सामाग्री टिकटकमा प्रसारण गरिएको भन्दै तरुण दलको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले पार्टीकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु देउवा राणाको सामाजिक प्रतिष्ठा, इज्जत र मानमर्यादामा आँच आउनेगरी सामाजिक सञ्जालमा सामग्रीहरु प्रसारण भएको भन्दै आपत्ति जनाएको छ ।

तरुण दलले विज्ञप्ति जारी गर्दै डा. राणाविरुद्ध सुवास बोहोरा नामक टिकटक आईडीबाट झूठा र अनर्गल एवम् भ्रामक रुपमा विभिन्न पोस्टहरु प्रसारण भएको जनाएको छ ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘देशको कानुनको नै बर्खिलाफ हुनेगरी कलाकारहरुले कलाकारिताको मर्यादा र गरिमालाई नै आँच पुग्ने गरी सुवास बोहोरा भन्ने नामको टिकटक आईडीबाट माननीय सांसद आरजु राणा देउवाको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति आपत्ति प्रकट गर्दै नेपाल तरुण दल केन्द्रीय समिति त्यस प्रकारको व्यक्ति लक्षित भ्रामक कार्यको घोर भर्त्सना गर्दछ ।’