क्रिकेटबाट सन्न्यास लिएका ज्ञानेन्द्रलाई भेट्दै पारसले यस्तो भने ?

काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान ज्ञानेन्द्रमल्लले आजबाट सन्न्यास लिएका छन् । दुई वर्षअघि पारसले जुन मिति (१९ साउन) मा सन्न्यास लिएका थिए, ज्ञानेन्द्रले पनि यही दिन रोजे । जसबाट पनि भन्न सकिन्छ कि उनीहरुबीच कति केमेस्ट्री मिल्छ भन्ने । पत्रकार सम्मेलनमा ज्ञानेन्द्रले बारम्बार पारसलाई सम्झेका थिए ।

नेपाली क्रिकेट टीमका पूर्वकप्तानद्धय राष्ट्रिय टीममा छँदा मैदानभित्र उनीहरुको जति ट्युनिङ मिल्थ्यो, मैदानबाहिर पनि उनीहरुबीच उत्तिकै बलियो दोस्ती थियो । मैदान बाहिरको दोस्ती अहिले पनि कायम छ ।

पत्रकार सम्मेलनमा ज्ञानेन्द्र हिँड्ने तर्खर गर्दै थिए, अचानक त्यहाँ उपस्थित भए पारस । उनले ज्ञानेन्द्रलाई अंकमाल गरे, हात मिलाए र भने- ह्याप्पी रिटायरमेन्ट । केही भावुक मुद्रामा रहेका ज्ञानेन्द्र पारसलाई भेटेपछि उज्यालिएका थिए ।

पारसले माहोललाई हल्का बनाउन खोज्दै भने, ‘आजबाट हामी दुवै एउटै क्लबमा भयौं ।’ दुवैले फोटोको लागि पोज पनि दिए ।

ज्ञानेन्द्रको पत्रकार सम्मेलनपछि पारसले फेसबुकबाट पनि उनलाई मिठो सन्देश दिएका थिए । नेपाली क्रिकेटमा गरेको अनवरत सेवाका लागि उनले आभार प्रकट गरेका छन् ।