मिडिया प्रति रबि लामिछानेको आपत्ति : भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको भनेर समाचार लेखेको प्रति आक्रोश पोखेका छन् । उनले सामाजिक सञ्जाल मार्फत् यस्तो आक्रोश पोखेका हुन् ।

उनले लेखेका छन् :
कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ। यो रोकिने होईन, छिट्टै २ वटा हुन्छ। ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि ?? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला। हैट हेडलाईन आतंकर ।।।हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौ।