काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका पिएसओ सई प्रभाकर खड्काको पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले चोरी आरोपमा दुई जनालाई पक्राउ गरेको एसपी कुमोद ढुंगेलले जानकारी दिए।
प्रहरीले सिन्धुपाल्चोकका २१ वर्षीय बासुदेव थामी र सिन्धुलीका २७ वर्षीय मेगबहादुर तामाङलाई गत शुक्रबार पक्राउ गरेको हो।
उनीहरूले कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीस्थित खड्काको घरमा गत असार ३० गते पेस्तोल चोरी गरेको आरोप छ।
त्यसदिन अन्य घरमा पनि चोरी भएको एसपी ढुंगेलले बताए। प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।
Add Comment