महाकाली नदीले गर्‍यो खतराको तह पार, यी स्थानमा सतर्कता अपनाउन आग्रह

काठमाडौं। महाकाली नदीमा पानीको सतहले खतराको तह पार गरेको छ ।

हाल महाकाली नदीमा पानीको सहत ५ दशमलव ८० मिटर पुगेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नदीमा पानीको सतह बढ्नेक्रममा छ ।

डडेल्धुरास्थित पारि-गाउँ बाढी मापन केन्द्रमा बिहान ८ : ५० बजे महाकाली नदीको जलसतहले सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ ।

महाशाखाले डडेलधुरा र कञ्चनपुरका नदी तटीय क्षेत्र र डुबान भईरहने होचा स्थानमा रहनेहरूलाई दिउँसो १ बजेसम्म सतर्कता अपनाउन अग्रह गरेको छ ।

मौसमविद्का अनुसार नसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा उत्तरतिर रहेको र बिस्तारै नेपाल नजिक आउने क्रम चलिरहेकाले अबको तीन दिन देशभर पानी पर्ने सम्भावना छ ।