वनभोज खाएर घर फर्कने क्रममा डुङ्गा डुब्दा ८ जनाको ज्यान गयो

काठमाडौं । बङ्गलादेशमा वनभोज खाएर घर फर्केकाहरू चढेको डुङ्गा डुब्दा आठ जनाको ज्यान गएको छ ।

राजधानी ढाकाबाट ३० किलोमिटर टाढा रहेको मुन्शिगन्ज जिल्ला भएर बग्ने विशाल पद्मा नदीको सहायक नदीमा शनिवार राति डुङ्गा पल्टिएको नागरिक रक्षा तथा अग्नि नियन्त्रण कार्यालयका ड्युटी अफिसर रफी अल फारुकले बताएका छन् । ‘अहिलेसम्म स्थानीयवासीको सहयोगमा तीन महिला, तीन बालबालिका र दुई जना पुरुषको शव नदीबाट निकालिएको छ’, फारुकले भनेका छन् ।

खोजीमाा संलग्न अधिकारीका अनुसार झन्डै ४६ यात्रु बोकेको डुङ्गा राति ८ बजे नदीमा बालुवाले भरिएको डुङ्गासँग ठोकिएर पल्टिएको थियो । नदी किनारमा डुङ्गा डुबेकाले धेरैजसो यात्रु पौडेर ज्यान जोगाउन सफल भएका थिए भने चार जनालाई जीवितै उद्धार गरिएको थियो ।