सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँ घटेको हो ।

आज छापावाल सुन तोलामा एक लाख १२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तोलामा एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा एक लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि तोलामा २५ रुपैयाँ घटेको छ । चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।