रास्वपाका सभापति र चिनियाँ राजदूतबीच भेटघाट, के के भयो कुराकानी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ । पार्टी कार्यालय बनस्थलीमा बुधवार उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटमा सांसदसमेत रहेका पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्यद्वय लिमा अधिकारी र प्रतिभा रावल लगायतको सहभागिता थियो ।

भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकासका विषयहरूमा समेत छलफल भएको हो ।

भेटका अवसरमा सोङले उत्तरी सीमा क्षेत्रमा भएको समस्याप्रति ध्यानाकर्षण भएको र सोको यथाशीघ्र समाधानका पहल गरिने बताए ।

भेटमा सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको समेत अवगत गराएका थिए ।