पशुपतिनाथ मन्दिरमा हरेक साँझ किन गरिन्छ आरती ?

काठमाडौं । हरेक साँझ पशुपतिनाथ मन्दिरमा आरती हुन्छ।

पशुपति मन्दिर भित्रको आरती सकिएपछि बागमती नदी किनारको आरती सुरू हुन्छ।

यो आरती सामान्यत : बेलुकी ७ बजे सुरू हुन्छ। एक घन्टासम्म चल्ने आरती हेर्न हजारौं मानिसको भीड लाग्छ।

आरतीमा तीन पुजारी र सांगीतिक टोलीको कलात्मक प्रस्तुति र भजन सुन्न पाइन्छ। यहाँ भगवान् शिव र पशुपतिको मात्र नभएर बागमती गंगा र सम्पूर्ण देवीदेवताको पूजा गरिन्छ।

भारतको बनारसमा हुने गंगा किनार आरतीबाट प्रभावित भएर यो आरती नेपाल भित्र्याइएको हो। २०६४ साउन २१ गते आधिकारिक रूपमा ‘श्री पशुपति एवं बागमती गंगा आरती सेवा समिति’ स्थापना गरियो। त्यही दिनदेखि यहाँ दैनिक रूपमा आरती हुँदै आएको छ।

कसैले आफ्नो संकल्प पूजा गराउन चाहे न्यूनतम १५ सय रुपैयाँ शुल्क तिरेर आरती गर्न पाउँछन्। भक्तजनले दिएको दान जम्मा गर्न अक्षयकोष पनि निर्माण गरिएको छ।

सेवा समितिका अध्यक्ष जनार्दन शर्मा अधिकारीले आफूहरूले उद्देश्य पुरातात्विक मठ मन्दिर, स्मारकको संरक्षण गर्नु, नदी सरसफाइ, धर्म र आरतीको संरक्षण गर्न काम गरिरहेको बताए।