घरको छतबाट खसेर महिलाको मृत्यु

काठमाडौं । डडेल्धुरामा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला सदरमुकाम अमरगढी नगरपालिका-५ तुफानडाँडा बस्ने ४६ वर्षीया जानकीदेवी महरको मृत्यु भएको हो।

बुधबार साँझ आफ्नै घरको छतमा कपडा सुकाउने क्रममा उनी लडेर घाइते भएकी थिइन्। घाइते जानकीलाई डडेल्धुरा अस्पतालमा लगिएको थियो । बिहीबार थप उपचारका लागि डडेल्धुरा अस्पतालले रेफर गरी धनगढी लग्दै गर्दा बाटोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

जानकीको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ ।