काठमाडौं । शिखर नगरपालिकाका मेयर दीर्घबहादुर बलायरका स्वकीय सचिव राजेश ठगुन्नाले आफूमाथि मेयरले खुकुरी प्रहार गरेको बताएका छन् ।
टाउकोमा चोट लागेको फोटो पोष्ट गर्दै उनले आफू उपचारका लागि गइरहेको लेखेका छन् । उनले मध्यरातमा नगर प्रमुख बलायरविरुद्ध फेसबुकमा एकपछि अर्को पोस्ट गरेका छन् । उनले अस्पतालमा भर्ना भएको फोटो पनि फेसबुकमा राखेका छन् ।
घटनाबारे बुझ्न खोज्दा मोबाइल अफ भएकाले मेयर बलायरसँग सम्पर्क हुन सकेन । कुटपिटको कारण र विस्तृत विवरण आइसकेको छैन ।
नगर प्रवक्ता धिर्क सिंहले घटनाबारे आफूलाई फेसबुकबाटै थाहा भएको बताए ।
उनले भने, ‘मैले पनि तपाईंजस्तै जानकारी पाएको छु, म थप बुझ्ने प्रयास गरिरहेको छु ।’
कुटपिटबारे प्रहरीलाई कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताए ।
Add Comment