आज महिला विश्वकपको फाइनल, उपाधिका लागि यी दई टोली भिड्दै

काठमाडौं । न्युजिल्यान्ड र अस्ट्रेलियामा जारी महिला विश्वकप फुटबलको उपाधिका लागि आइतबार स्पेन र इङ्गल्यान्ड भिड्दैछन्।

दुवै टोली पहिलो पटक फाइनल पुगेका हुन्।

सेमिफाइनलमा स्पेनले स्वीडेनलाई २-१ र इङ्गल्यान्डले घरेलु टोली अस्ट्रेलियालाई ३-१ गोलले हराएका थिए।

महिला विश्वकपको ३२ वर्षे इतिहासमा हालसम्म अमेरिकाले ४ पटक, जर्मनीले २ पटक र तथा जापान र नर्वेले एक पटक यो प्रतियोगिता जितेका छन्। महिला विश्वकपले सन् २०११ पछि पहिलो पटक नयाँ विजेता पाउने छ।

त्यति बेला अमेरिकालाई हराएर जापान नयाँ विजेता बनेको थियो। त्यसयता आयोजना भएका दुवै संस्करण अमेरिकाले जितेको थियो।

स्पेन र इङ्गल्यान्ड अन्तिम पटक एक वर्षअघि युरो कपको क्वाटर फाइनलमा भिडेका थिए। त्यति बेला इङ्गल्यान्डले स्पेनलाई अतिरिक्त समयमा पुगेर २-१ गोलले हराएको थियो।