काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ६० किलो बढी सुन प्रकरणमा सिआइबीको अनुसन्धान प्रभावित हुने हो कि भनेर संयन्त्रप्रति शंका रहेको बताएका छन् । , प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले भने ‘शंका सिआइबीप्रति होइन, हाम्रो संयन्त्रप्रति हो, जसले बारम्बार दोषी उम्काउन भूमिका खेल्दै आएका छन्।
जसले बारम्बार दोषी उम्काउन भूमिका खेल्दै आएका छन्,’ केही बिचौलियाको सूचना आफूसँग पनि रहेको उनले बताएका छन्।
सरकारको बहालवाला महानिर्देशक नै अहिले समातिएका अभियुक्तसँग सम्पर्कमा रहेको लामिछानेले बताएका हुन्।
‘सरकारका एक वहालवाला एक महानिर्देशकले सुन आएको कुराको जानकारी अहिले समातिएका दावा नाम गरेका व्यक्तिलाई दिएका छन्,’ , ‘ती महानिर्देशकले फोटोसमेत पठाएको जानकारी इमान्दार केही देशभक्त प्रहरीहरूले विश्वास गरेर मलाई दिएका छन्। म तिनलाई सलाम गर्न चाहन्छु। जसले देशलाई माया गरेर यो सूचना दिएका छन्।’
यसमा संलग्न केही विचौलियाहरूको जानकारी आफूलाई पनि भएको र यसको सूचना सम्बन्धित निकायलाई अवश्य पनि गराउने उनले बताएका छन्।
‘यसको समाचार लुकाउनको निमित्त लामो समयदेखि पत्रकारिता गरिरहेका मानिस समेत संलग्न छन्। पूर्वप्रहरी प्रमुखहरूको पनि कुराकानी दावा लामासँग भएको कुरा सूचना प्राप्त भएको छ। म यसमा गृहमन्त्रीज्यू, प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले संसद्समक्ष भने।
Add Comment